सुनको मूल्य घट्यो

न्युजलय १२ कार्तिक २०८२, मङ्गलबार ११:१२ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।