काठमाडौं । आज सुनको मूल्य तोलामा २ हजार १ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।