पत्रकारको नाममा ब्ल्याकमेलिङ गर्ने एक महिला पक्राउ

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०६:५६ मा प्रकाशित

काठमाडौँ । महानगरीय प्रहरी वृत जनसेवाले आफूलाई पत्रकार बताएर विभिन्न संघसंस्थालाई ब्ल्याक मेलिङ गर्ने गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा सोलुखुम्बु स्थायी घर भएकी इन्जिना कार्की रहेकी छिन्।


कार्कीले आफूलाई भारतीय टेलिभिजन जी न्युजको नेपाल प्रतिनिधि रहेको बताउँदै आएकी थिइन्। विभिन्न सहकारी र व्यापारिक समूहलाई उनीहरुको कमजोरी ‍औंल्याएर ब्ल्याकमेलिङ गर्दै पैसा असुलेको आरोप कार्कीमाथि छ।


जनसेवाका प्रमुख डिलबहादुल मल्लले ब्ल्याकमेलिङ गर्ने गरेको प्रमाण भेटिएपछि कार्कीलाई पक्राउ गरिएको जनाए।