घट्यो सुनको मुल्य

न्युजलय ७ माघ २०८१, सोमबार ११:२४ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनका लागि प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेकोमा आज १ लाख ५७ हजार तय गरेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।