सुर्यमूखी फूलको विउँ नपाउँदा किसानले रोप्न पाएनन्

बाबुराम कार्की ११ पुस २०७८, आइतबार ०८:३० मा प्रकाशित

प्रकाशपर । बराहक्षेत्र १० प्रकाशपुर घर भएका कृष्ण पौडेलले प्रत्येक वर्ष दुई कठ्ठा जग्गामा तेलहन बालीको रुपमा सुर्यमूखी खेति गर्दै आएका थिए । 


सदाझै यस वर्ष पनि उनी फूल खेति लगाउने तयारीमा थिए । उनले भने, ‘खेति लगाउने सिजनमा स्थानीय बजार प्रकाशपुरमा फूलको विउँ नपाएपछि उनी जिल्ला सदारमुकाम इनरुवासम्म विउँको खोजिमा पुगे । त्यहाँ पनि विउँ पाईएन ।’


कृष्ण प्रतिनिधि किसान मात्रै हुन् । यस वर्ष सुर्यमूखिको बिउँ सिजनमै सटेज हुँदा फूल खेति गर्ने किसानहरुले नपाएका हुन् । बराहक्षेत्र ९ कै भिम कार्की ले विउँ नपाउदा खेति गर्न सकेनन् । प्रकाशपुरकै कृषक स्याम कटेवालले पनि विउँ नपाउँदा खेति गर्न पाएका छैन्न ।

 

किसानहरुले घरमै राखेको विउँ रोप्दा नउम्रने, उम्रेको विउँ पनि हागा छोडेर आउने बोट अग्लो हुने हँुदा उपचार गरेर कम्पनिहरुले निकालेको बिउँ मात्रै राम्रो हुन्छ । सुर्यमुखी खेति गर्ने कृषकहरुको संख्या सुनसरीको ग्रामिण क्षेत्रमा बढ्दो छ । गाँउमा बसेपछि सुर्यमुखी खेति गर्नै प¥यो नि । रामधुनी ८ अर्ताका कृषक गँगा घिमिरे भन्छन्, ‘तेल पनि राम्रो आउने र खान पनि राम्रो हुने हुँदा अरु खेति गर्न छाडेर नि पाँच कठ्ठामा सुर्यमुखी खेति लगाउँदै आएको थिए ।’ उनी जस्तै प्रत्येक कृषकले तेल खानकै लागि खेति गर्दै आएका थिए ।


धनीया जातको विउँबाट राम्रो फूल उत्पादन गर्दै आएका किसानहरुले पनि यस वर्ष विउँ समयमा उपलब्ध नहुँदा सूर्यमुखी खेति गर्न नपाएको दुखेसो किसानकोे छ । तेल पनि राम्रो आउँछ, स्वास्थ्यलाई पनि राम्रो गर्ने भएकाले तोरी लगाउन छोडेर सुर्यमुखी खेति गर्दै आएको कृषक पुष्प विष्ट बताउँछन् । सुर्यमुखी पेल्दा तेल पनि राम्रो आउने भएकोले यो खेतिबाट फाईदै थियो । 


सुर्यमुखी फूलको विउँ उत्पादन गर्ने भारतका कम्पनिहरुले फूलको विउँको जरमिनेसन कम हुँदा विउँको अभाव भएको शिवम कृषि भण्डार भोक्राहा ४ का धर्मनाथ भगवातले बताए । उनले भने यस वर्ष ७० प्रतिशत किसानले खेति नै लगाउन पाएका छैनन् । 


सुर्यमुखी खेतीलाई वर्षाको जुनसुकै ऋतुमा लगाउन सकिन्छ तर तराईका क्षेत्रहरुमा माघ, फागुन महिनामा रोपेको बालीले राम्रो उत्पादन दिने किसानहरु बताउँछन् ।