बेलायतमा ओमिक्रोन संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०७:४७ मा प्रकाशित

काठमाडौं । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 


आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमितलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । 


कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन् । 


नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । 


विज्ञहरूले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।