खोटाङबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०३:१३ मा प्रकाशित

खोटाङ । खोटाङबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्। 

ऐसेलुखर्क गाँउपालिका– २ बाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन्। 

ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोलि खटि गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो।

घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।