मेष । व्यापार व्यवसायमा सन्तुष्टि जनक परिणाम मिल्नेछ। नयाँ कार्यमा लगानी लगाउनु भन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष । कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग मिल्नेछ। आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। शत्रुहरू सक्रिय रहनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन । करियरलाई लिएर नयाँ बाटो खुल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। सहपाटीहरूसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट । सोचविचार गरेर नँया निर्णय लिनुहोला। इष्टमित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह । परिवारको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। भविष्यलाई लिएर योजना कोरिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कन्या । कार्यक्षेत्रमा अत्यधिक भागदौडले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। हतारमा कुनै निर्णयमा नपुग्नुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
तुला । महत्वपूर्ण कार्यलाई प्राथमिकता दिनुहोस्। योग्यता साबित गर्नलाई उपयुक्त समय रहेको छ। शैक्षिक क्षेत्र फराकिलो रहनेछ। आफन्तहरूको साथ रमाइलो समय बित्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक । कार्यस्थलमा सहयोगीहरूसंग मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोस्। अध्ययन अध्यापनको लागि समय निकाल्न गारो हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
धनु । आर्थिक कारणले व्यापार व्यवसाय प्रभावित हुन सक्छ। घरमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। सोचविचार गरेर नयाँ लगानी लगाउनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर । रचनात्मक कार्यमा रुचि बढ्नेछ। पारिवारिक वादविवादहरू आपसमा मिलेर सुल्झाउनुहोस्। दिन खर्चिलो रहनेछ विचार पुर्याउनुहोस्। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ । सही दिशातर्फ तैयारी गर्नुहोस् परिणाम सकारात्मक मिल्नेछ। अधिकारीहरूबाट सहयोग पाइनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
मीन । विरोधीहरूले उल्झ्याउने प्रयास गर्नेछन् सचेत रहनुहोला। विवादास्पद कार्य निर्वहन गर्नुपर्ला। आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस् हराउन सक्छ। आध्यात्मतर्फ रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
स्रोत हाम्रोपात्रो