प्रतिलिटर २१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

न्युजलय ६ असार २०७९, सोमबार ०१:०२ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।


पेट्रोलमा प्रतिलिटर २१ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य बढेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्य अनुसार‚ पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ।


खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको नियमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।