कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला

न्युजलय ७ असोज २०७९, शुक्रबार १०:०० मा प्रकाशित

बुटवल । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा फेला परेका छन् ।


दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

 

करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।


महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।