मेष । धर्म कर्म तर्फ मन लाग्नेछ। मेहनत अनुसार भाग्यले साथ दिनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
वृष । मेसो नमिल्दा कार्य क्षेत्रमा पछाडि परिनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नुका साथै शरीरमा कमजोरीको अनुभूति हुनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मिथुन । व्यापार व्यवसायमा अनुभवी र दक्ष व्यक्तिहरूको सहयोग मिल्नेछ। जीवन साथीसँग वैचारिक मतभेद रहनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको योजना बन्नेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा चिताएको काम बन्नाले धन लाभ हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। आस देखाउनेहरूबाट सावधान रहनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
सिंह । सन्तान पक्षबाट सुभ सूचना मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिपक्षीहरू पनि हजुरको लगनशीलताले सहयोगी बन्नेछन्। रोकिएका कामको थालनी हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
कन्या । साहसिक काम गरेर लाभ लिन सकिनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्ला। दोहोराएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला । प्रयत्न गर्दा अप्ठ्यारा चुनौतीहरू पनि सजिलै सम्पादन हुनेछन्। गृहिणीहरू घरेलु कामकाजमा जुट्नुपर्ला। टाढिएका साथीभाइहरूसँग आकस्मिक भेटका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक । श्रमको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु । धेरै बोल्दा गोपनीयता बाहिर निस्किन सक्ला सचेत रहनुहोस्। आलोचकहरूलाई बोलीले भन्दा व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको राम्रो साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मकर । कार्यक्षेत्रमा विभिन्न अवसर प्राप्त भएतापनि कार्यसम्पादनमा समय लाग्नेछ। दिगो योजना प्रारम्भ गर्नको लागि ऋण लिनुपर्ला। स्वास्थ्यको लागि खानपानमा सजग रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। योजनाहरूमा पुनर्विचार गर्ने समय रहेको छ। भविष्यलाई लिएर योजना कोरिनेछ। लोकाचारका लागि फजुलखर्च गर्नबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मीन । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
स्रोत हाम्रोपात्रो