लियो क्लब अफ रामधुनी सिटिको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन

न्युजलय ३० साउन २०८०, मङ्गलबार ०८:२४ मा प्रकाशित

सुनसरी । लियो क्लब अफ रामधुनी सिटिको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन भएको छ । 

लायन्स क्लब अफ रामधुनी सिटि र लायन्स क्लब अफ झुम्काको सहयोगमा भएको बृक्षारोपणमा ‘लेट्स फाइट ग्लोबल वार्निङ’भन्ने मुलनाराका साथ लियो ट्रि प्लान्टेसन च्यालेन्ज २०२३ अन्तर्गत वृक्षरोपण कार्यक्रम भएको हो । 

लियो क्लब अफ रामधुनी सिटिले १५० भन्दा बढी बिरुवा रोपेको लियो क्लब अफ रामधुनी सिटिका अध्यक्ष अशिम कार्कीले जानकारी दिएका छन्।

च्यालेन्जमा ८ वटा देश बाट ४०५ क्लबले भाग लिएका मध्ये क्लव समेत पनि एक सहभागी रहेको थियो ।