सेमिफाइनलमा नेपाल यूएईसँग पराजित

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०१:१७ मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टिमको विश्वकप खेल्ने सपना अधुरो बनेको छ । यूएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले करिव आठ बर्षपनि टी २० विश्वकपमा स्थान बनाउने योजना अधुरो भएको हो । नेपाल सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको हो । समुह चरणमा अपराजित हुने एक्लो टिम बनेको नेपालको सेमिफाइनलमा ब्याटिङ र बलिङ दुबै राम्रोसँग चल्न सकेन । 

 

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो ।


सुरुवात राम्रो गर्न नसकेको यूएईका लागि मुहमद वासिमले विस्फोटक अर्धशतक बनाए । सुरुवात राम्रो गर्न नसकेको यूएईले मात्र ६ रनमा पहिलो विकेट गुमाएको थियो । जितेन्द्र मुखियाले युएईका ओपनर चिराग सुरीलाई ब्यक्तिगत चार रनमा बोल्ड गरे ।