काठमाडौँ । शुक्रबारसुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलाको १ हजार ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको छ ।