सुनको मूल्यमा नयाँ कीर्तिमान

न्युजलय ३ बैशाख २०८२, बुधबार ११:२७ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बुधबार प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।