पहिरो गएपछि कटारी–गाईघाट सडकखण्ड अवरुद्ध

न्युजलय २८ साउन २०८०, आइतबार ०२:२४ मा प्रकाशित

उदयपुर । अविरल वर्षासँगै पहिरो गएपछि उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध छ । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ ।

सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिबासतर्फ पठाउन थालिएको छ । यस्तै, पश्चिमबाट पूर्वतर्फ आएका सवारी साधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरीले जनाएको छ ।