काठमाडौं । बहराइनले नेपाली कामदारको माग गरेको छ । कजगल ष् धययम ष्लमगकतचष्ब िकमल। दजम। कम्पनीले २५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेसहित तलब ५५ हजार बढि पाउनेछ । इच्छुक कामदारले युनाइटेड इनटरनेशनल म्यानपावर प्रालिको कार्यालय पुल्चोक ललितपुरमा कार्तिक ४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।