काठमाडौं । बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बसेर कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुशिल सहनीको मृत्यु भएको बिषयमा सत्यतथ्य घटना बाहिर ल्याउन माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
होस्टलका कर्मचारीले बाथरुममा नुहाउन पसेका १८ वर्षीय सुशिल निकै समयसम्म पनि ननिस्केपछि ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए। उनको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको हो।
होस्टलको लापरवाहीले उनको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई पक्राउ गरिएपछि अखिल क्रान्तिकारीले तत्काल रिहा गर्न आग्रह गरेको छ।