बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ

न्युजलय ११ साउन २०८०, बिहिबार ०२:३० मा प्रकाशित

उदयपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।