प्रकाशपुर । बराहक्षेत्र वडा नं. १० कार्यालयले महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल वितरण गरेको छ । वडा कार्यालय प्रकाशपुर मङ्गलबारेमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष महेन्द्र बहादुर खत्रीले स्वयमसेविकाहरुलाई साईकल वितरण गरेका हुन् ।
८ हजार ५ सय रुपैया बराबरको १७ जना स्वयमसेविकालाई १ लाख ४४ हजार ५ सयको साइकल वितरण गरिएकोे सदस्य दिपनारायण उराउले बताए ।
महिला स्वास्थ्य स्वयमसेविकालाई काममा थप सहज होस् भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको अध्यक्ष खत्रीले बताए । प्रत्येक वर्षको बजेटमा स्वयमसेविकाहरुलाई बजेट छुट्याउदै आएको खत्रीले बताए ।