काठमाडौँ । आज सुनको भाउ स्थिर छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।