काठमाडौँ । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक सय ८० जना भन्दा धेरै घाइते भएका छन् ।
बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्थानीय समय अनुसार गएराति एक बजे झन्डै २८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको थियो ।
मजार–ए–शरिफका बस्तीका घरहरुमा क्षति पुगेको खबरमा उल्लेख छ ।