काठमाण्डौ । पत्रकारलाई बन्दी बनाउनेमा चीन सबैभन्दा अगाडि रहेको छ ।
रिपोटर्स विदआउट बोडर्स (आरएसएफ) को एक रिपोर्टले सो तथ्य देखाएको हो ।आरएसएफकाअनुसार चीनले हाल कम्तीमा १२७ संवादातालाई बन्दी बनाएर हिरासतमा राखेको छ ।
चीनले पत्रकारिताविरुद्ध विश्वव्यापी रुपमा ‘दमनको अद्भुत अभियान’ सञ्चालन गरेको समेत सो रिपोर्टले उल्लेख गरेको छ ।
चीनले समाजमा विभिन्न समस्या खडा गरेको आरोपमा विभिन्न संवादाता विशेषगरी नागरिक पत्रकारलाई पक्राउ गर्दै आएको बताइएको छ । विश्व कोरोना भाइरस महामारीले प्रेसमाथि झनै ठूलो अंकुश लगाएको समेत आरएसएफको रिपोर्टमा उल्लेख छ ।
सन् २०२० मा वुहानमा कोभिड १९ संकटको रिपोर्टिङ गरेकै आधारमा १० भन्दा बढि पत्रकारहरुलाई चीनले थुनामा राखेको छ ।