बढ्यो सुनको मुल्य

न्युजलय ११ चैत २०७८, शुक्रबार ०५:४२ मा प्रकाशित

 काठमाडौं ।  शुक्रबार (आज) पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ। 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।