मोरङमा पेस्तोल र गोली सहित एक युवक पकाउ

न्युजलय ४ कार्तिक २०८०, शनिवार ०७:४४ मा प्रकाशित

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ पैठाबाट पेस्तोल र गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेट बीआर ०६ पीए १३६३ नम्बरको स्कोरपिओभित्र पेस्तोल र गोलीसहित सर्लाहीको हरिपूर्वा नगरपालिका ७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् । 


नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले स्कोरपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा कटुवा पेस्तोल र गोली भेटेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।