नेपाली दर्शकले ‘प्रेमगीत ३’ हिन्दी भाषामा हेर्न पाउने

न्युजलय ५ असोज २०७९, बुधबार ०५:०२ मा प्रकाशित

काठमाण्डौ । नेपालमा ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ ।

 ‘प्रेमगीत ३’ युनिटले १५ प्रतिशत विकाश शुल्क तिरेपछि चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दीलाई सेन्सर अनुमति दिएको हो ।

निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले अध्यक्ष भुवन केसीलाई भेटेर विकास शुल्क बुझाएपछि सेन्सर अनुमति पाएको बताइएको छ । 

सुरुवातमा चलचित्र बिकास बोर्डले चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण प्रदर्शनमा १५ प्रतिशत कर लाग्ने उल्लेख गरेपछि बिवाद सुरु भएको थियो । निर्माता सन्तोष सेनले आफु ५० प्रतिशत पनि कर तिर्न तयार भएको तर चलचित्र ‘प्रेमगीत ३’ को जुनसुकै भाषाको संस्करणलाई पनि नेपाली चलचित्रको दर्जा दिइनु पर्ने उल्लेख गरेका थिए ।

अन्तत नेपाली दर्शकले आफ्नो रोजाइमा चलचित्र ‘प्रेमगीत ३’ हेर्न पाउने भएका छन् । 

२०० सय बर्षअघिको प्रेम काहानी प्रस्तुत गरिएको चलचित्रलाई स्वर्गिय छेतन गुरुङ् र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । सन्तोष सेन निर्माता रहेको चलचित्रको सह निर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् ।

चलचित्रको कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेका छन । चलचित्रमा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।