भोजपुर । भोजपुर स्थित विद्योदय माध्यमिक विद्यालयमा समाजवादी विदार्थी युनियनको इकाइ कमिटी गठन गरिएको छ ।
आइतबार समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य पनन चाम्लिङ राईको उपस्थितिमा उक्त कमिटी गठन गरिएको हो ।
दिप्सन राईको अध्यक्षतामा २५ सदस्यीय इकाइ कमिटी गठन गरिएको हो । नवगठित कमिटीको उपाध्यक्षमा सेन्बुङ राई, समुन्द्र राई, निनामा राई, सुमित सारु मगर र निम्लमु शेर्पा चयन भएका छन् ।
त्यस्तै सचिवमा ममता राई र सह-सचीवमा सोनाम राई, माइकल राई र जसमाया राई चयन भएका छन् भने कोषाध्यक्षमा पुस्प राई चयन भएका हुन् ।
शुभकामना मन्तव्यको क्रममा बोल्दै सवियु केन्द्रीय सदस्य पनन चाम्लिङले भोजपुरमा पनि हाम्रो संगठनको ओज अरु संगठन भन्दा कम नरहेको बताए ।
विगतमा संगठनप्रती पहिलो पाईला चाल्दैगर्दा हामी गलत बाटोमा त छैनौ भन्ने घरिघरी मनमा प्रश्न चिन्ह खडा हुने गरेको उल्लेख गर्दै चाम्लिङले नवगठित संगठनले भोलि निर्माण हुने हरेक राजनीतिक परिवर्तन तथा स-साना तहतप्काबाट विद्यार्थी साथीहरूले परिवर्तनको निम्ति, समाज उत्थानको निम्ति महत्वपूर्ण भुमिका खेल्न सक्ने कुरामा विश्वास व्यक्त गरेका थिए ।
यस अघि यशोधरा मावी टक्सारमा समेत हेमन्त प्रधानको अध्यक्षतामा २५ सदस्यीय इकाइ कमिटी गठन सम्पन्न गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा समाजवादी विद्यार्थी युनियन भोजपुर जिल्ला उपाध्यक्ष शिखर राई, जिल्ला सचीव धिरेन राई, जिल्ला कोषाध्यक्ष इस्वर श्रेष्ठ, क्याम्पस अध्यक्ष रोशन श्रेष्ठ लगाएत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।