काठमाडौं । छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रवार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतवार चाँदीको मूल्य भने घटेको छ । शुक्रवार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।