खोटाङको नयाँ सीडीओमा सन्तबहादुर सुनार

न्युजलय २१ साउन २०८०, आइतबार १२:३२ मा प्रकाशित

खोटाङ । तत्कालीन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा विद्युत् आयोजनामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै निलम्बनमा परेको १५ दिनपछि खोटाङमा गृह मन्त्रालयले सहसचिव सन्तबहादुर सुनारलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ ।

खोटाङ आएको २२ दिनमै अनियमिततामा मुछिएर साउन ७ गते खतिवडा निलम्बनमा परेको १५ दिनपछि आइतबार प्रमुख जिल्ला अधिकारीको रुपमा सुनार आएका हुन् ।

खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको बेला विद्युत् आयोजनामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा साउन ७ गते आरोपपत्र दायर गरेपछि त्यसै दिन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीबाट निलम्बन गरेको थियो ।