हसनपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी हतुवागढी ९ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार नेकपा माओवादी जिल्ला सचिवालय सदस्य केशरमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट मणि कुमार राईको अध्यक्षतामा १९ सदस्यीय समिती गठन गरिएको हो ।
भोजपुरको हतुवागढी ९ हसनपुर स्थित सम्पन्न सम्मेलनबाट उपाध्यक्ष सन्तोक आछामी, सचीवमा कालुमान पुर्कुटी, सह-सचिव श्रीमान राई र कोषाध्यक्षमा बालकुमारी बिक चयन भएका हुन् ।
कालुमान पुर्कुटीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा स्थानीय युवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।