इटहरी । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
झापामा सबैभन्दा बढी ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा मोरङ र पाँचथरमा १/१ जना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा ७ जना र ७० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेशमा सोमवारै ५ महिलासहित १७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने अझै प्रदेशमा १०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।