आँचल शर्मा अभिनित हिन्दी गीत सार्वजनीक (भिडियोसहित)

न्युजलय २६ माघ २०७९, बिहिबार ०१:४८ मा प्रकाशित

काठमाडौं । नेपाली अभिनेत्री आँचल शर्मा अभिनित हिन्दी गीतको भिडियो सार्वजनिक गरिएको छ ।

बलिउड गायक विनीत सिंह र गायिका प्रतिक्षा श्रीवास्तवको स्वर रहेको ‘तेरी मेरी दास्तान’मा आँचलले मोडलिङ गरेकी हुन् । यसको भिडियोमा आँचल आरआर खड्का लगायतसँग प्रस्तुत छिन् ।

आँचललाई निकै आकर्षक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।