भारतमा पनि देखियो कोरोनाको ओमिक्रोन भेरियन्ट

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०६:५८ मा प्रकाशित

नयाँदिल्ली । छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। 


भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले २ जना ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।


ओमिक्रोन संक्रमितहरू भारतको कर्नाटकमा राज्यमा फेला परेका हुन्। ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहसचिव अग्रवालले बताए।

 

योसँगै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ।