७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

न्युजलय ५ साउन २०८०, शुक्रबार ०९:५७ मा प्रकाशित

बुटवल । दाङको तुलसीपुरमा ७३  वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर –१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २०  वर्षीय रेशम बिकलाई प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् ।

आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए। त्यसपछि  पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । 

महिला कराएको सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।