बिश्व रक्त दाता दिवसको अवसरमा भरौलमा रक्तदान कार्यक्रममा सम्पन्न

न्युजलय ३१ जेठ २०८०, बुधबार ०१:२४ मा प्रकाशित

सुनसरी । नेपाल रेडक्रस सोसाइटी भरौल उपशाखाले बिश्व रक्त दाता दिवसको अवसरमा रक्तदान कार्यक्रममा सम्पन्न  गरेको छ ।

बराहक्षेत्र–५ कालाबन्जरमा आयोजनामा भएको रक्तदान कार्यक्रममा ७२ प्रीन्ट रगत संकलन भएको छ । रेडक्रस भवनमा भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ७२ जनाले रक्तदान गरे को उपशाखा सदस्य अच्युत भट्टराईले जानकारी दिए ।

उपशाखाले प्रत्येक बर्ष बिश्व रक्त दाता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बराहक्षेत्र वडा नम्बर ५  का अध्यक्ष रोहित काफ्लेको उपस्थित रहेको थियो । 

बिगतका बर्षहरुमा भन्दा यो बर्ष रक्त संकलन बढी भएको शाखाका सभापति उत्तम चन्द्र शाहले बताए ।