काठमाण्डौ । आइतबार (आज) सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
गत साता मूल्य बढ्दै प्रतितोला एक लाख ७ हजार रुपैयाँसम्म पुगेको सुन दुई दिनमा तोलामा ३४ सय रुपैयाँले घटेको छ।
चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ कायम छ।