बढ्यो सुनको मूल्य

न्युजलय १४ चैत २०८०, बुधबार ११:०६ मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ ।