काठमाडौंबाट गाईघाट जाँदै गरेको कार दुर्घटना, पाँच घाइते

न्युजलय ६ असार २०८०, बुधबार ०१:३५ मा प्रकाशित

 सिन्धुली । काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

मङ्गबार राति सिन्धुलीको दुधौली नगरपालिका–४ पचुर्खी छ जना सवार प्रदेश–३–०१ ०२३ च ९८६० कार दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

कारमा सवार पाँच जनामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।