लेडी जेसीजको वार्षिकोत्सवमा न्युजलयकर्मी खत्रीसहित ३ जना सम्मानीत

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०२:३७ मा प्रकाशित

इटहरी । सन् २००२ सालमा स्थापना भएर निरन्तर सामाजिक कार्य गर्दै आएको इटहरी लेडी जेसीजले आफ्नो २० औँ वार्षीक उत्सव मनाएको छ । सो क्रममा जेसीजले चार जनालाई सम्मानसमेत गरेको छ । 

जेसीजले इटहरीका सञ्चारकर्मी शंकर खत्री, लेडी जेसीजको भनव निमार्णका लागि जग्गादान गर्ने जग्गादाता लालबहादुर तामाङ र उनकी श्रीमती दिलमाया तामाङ तथा रामधुनीमा ई–रिक्सा चलाउँदै आएकी एकल तथा संघर्षशील महिला शान्तिदेवि मुखियालाई सम्मान गरेको अध्यक्ष गीता सुवेदीले जानकारी दिइन् । 

कार्यक्रममा लेडी जेसीज तथा जेसीजका पूर्वअध्यक्ष तथा पदाधीकारीहरु, मतृसंस्था इटहरी जेसीजका अध्यक्ष प्रकाश राई, नागरिक समाजका अध्यक्ष राजु केसी लगायतको उस्थिति रहेको थियो । वार्षीक उत्सवको अवसरमा लेडी जेसीजले इटहरीको नमस्ते टोलमा वृक्षारोपणसमेत गरेको संस्थाकी कानूनी सल्लाहकार इन्दीरा काफ्लेले जानकारी दिइन् ।