नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सुनिल तिम्सिना निर्वाचित

न्युजलय ४ पुस २०७८, आइतबार ०८:३९ मा प्रकाशित

इटहरी । इटहरी २० तरहराका सुनिल तिम्सिना नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी पदमा निर्वाचित भएका छन्। पोखरा जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको निर्वाचनमा तिम्सिना कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका हुन्।


तरहरा जेसीज वर्ष २०२० का अध्यक्ष समेत रहेका उनी नेपाल जेसीज वर्ष २०२१ का उपाध्यक्ष हन् । पेशाले प्राध्यापक रहेका उनी जेसीजका कुशल प्रशिक्षक पनि हुन् ।

 

तरहरा जेसीजका पूर्व अध्यक्ष विकास गिरीका अनुसार तरहराले दोस्रोपटक नेपाल जेसीजको कार्यकारिणी पदमा जीत हासिल गरेको हो । यसअघि वर्ष २०११ मा रामकुमार गिरी कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका थिए।


यस्तै, नेपाल जेसीज वर्ष २०२२ को अध्यक्षमा त्रिभुवन जेसीजका लालमणी भण्डारी विजयी भएका छन् । अध्यक्षमा पाँच जनाको उम्मेद्वारी थियो।

उपाध्यक्षमा तिम्सिनासहित धरान जेसीजका दीपेन्द्र निरौला, कर्णाली जेसीजका अनिलबहादुर शाही र बालकोट जेसीजकी रमा प्याकुरेल निर्वाचित भएका छन् । उपाध्यक्षमा नौ जनाको उम्मेद्वारी थियो।