घट्यो सुनचाँदीको मूल्य

न्युजलय ३२ जेठ २०८०, बिहिबार ०५:२१ मा प्रकाशित

काठमाडौै । बिहिबार (आज) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेको हो। 

बुधबार प्रतितोलामा  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ । साथै बिहीबार तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ।