काठमाण्डौ । मङ्गलवार(आज) सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको हो ।
सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।