विराटनगर । विराटनगर महानगरपालिकामा रहेको एक निजी विद्यालयको शौचालयमा सी.सी. क्यामेरा जडान गरेको फेला परेको छ।
विराटनगरमा रहेको सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा सी.सी. क्यामेरा फेला परेको हो । सी.सी. क्यामेरा जडान भएको सुचनाको आधारमा विराटनगर महानगरपालिकाबाट गएको नगर प्रहरीको टोलीले सी.सी क्यामेरा निकालेको हो ।
महानगरले सो विद्यालयलाई कारबाही गर्ने भएको छ । कानुन विपरीतका यस्ता गतिविधि गर्ने विद्यालयलाई कानुन अनुसार कारबाही गरिने महानगरपालिकाकी उप–प्रमुख शिल्पा कार्कीले जानकारी दिइन् ।
प्रयोजन नै नखुलाई सी.सी. क्यामेरा शौचालयमा राखिनु गैर कानुनी काम भएकोले ३० हजारसम्म जरिवाना र अरू कानुनी कारबाही अघि बढ्ने महानगरपालिकाले जनाएको छ।