लेटाङ बचत तथा ऋण सहकारी संस्थाको २९ औ स्थापना दिवस सम्पन्न

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०१:०५ मा प्रकाशित

लेटाङ । मोरङको लेटाङ नगरपालिका स्थित लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ औ स्थापना दिवस सम्पन्न गरेको छ । 

झन्डै तीन हजार सेयर सदस्य रहेको संस्थाले रक्तदान लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रम सहित स्थापना दिवस मनाएको हो ।

संस्थाले स्थापना दिवसका अवसरमा जेष्ठ नागरिक सम्मान, उत्कृष्ट सेयर कारोबार, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता , शैक्षिक पुरस्कार लगायत विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । 

प्रोवेसन ब्रान्ड प्राप्त लेटाङ साकोसले आगामी दिनमा संस्थाको कारोबार बढाउदै नगरका प्रत्येक घरमा संस्थाका सेयरधनी बनाइने अध्यक्ष गोपाल बारकोटीले बताए । साथै उनले अन्य वडामा पनि संस्थाको सेवा केन्द्र विस्तार गरिने बताए । 

यता प्रमुख अतिथी समेत रहका लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले नगरले सहकारीको क्षेत्रमा फड्को मारेको बताउदै नगरले सहकारीको क्षेत्रमा आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरीन् । रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको संस्थाले जनाएको छ ।