काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।