काठमाडौं । गायिका रचना रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी छन् ।
गायक राजेश पायल राईसँगको स्वरमा रचनाले ‘सेवारो हिङ्मन सुहाउने भो’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
बुधवार बिहान सार्वजनिक नेपाली र लिम्बु भाषाको समिश्रणमा तयार गीत हो । दिलदुःखी जन्तरेको रचना रहेको गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन छ ।
रचना र राजेशपायलले गीतमा स्वर मात्र दिएका छैनन्, अभिनय पनि उनीहरूकै छ । अनित विष्टको निर्देशनमा तयार भिडियोमा उनीहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।