बढ्यो सुनको मूल्य

न्युजलय २५ फाल्गुण २०८०, शुक्रबार ११:२८ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य एक सातामा तोलामा ६ हजार रुपैयाँले बढेको छ । यही फागुन १८ गतेयता सुनको मूल्ल लगातार बढेर नयाँ रेकर्ड बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि एक सातामा तोलामा ८० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।