नेपाल किशान महासंघ कोसी प्रदेश समितिको पहिलो बैठक सम्पन्न

न्युजलय १९ साउन २०८०, शुक्रबार ०६:२९ मा प्रकाशित

इटहरी । नेपाल किशान महासंघ कोसी प्रदेश समितिले साउन १८ गते बिहिबार इटहरीमा पहिलो बैठक सम्पन्न गरेको छ। 

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुङ्गानाले किशानले भोग्दै आएको मल र कृषि औजार लगायतका समस्याको बिषयमा महासंघ किशान कोसी प्रदेशले छलफलगरी महत्वपूर्ण एजेण्डाका साथ कार्य गर्न सुभकामना समेत दिएका थिए । 

महासंघले प्रदेशभित्र रहेका किसानहरु को समस्याको तथ्यांक संकलन गर्ने र समाधान गर्ने, किसानहरु को उत्पादन मुल्य निर्धारण गर्न स्थानिय सरकार सङ समन्वय गर्ने मुख्य एजेण्डा बनाएको कोसी प्रदेश सचिव भविन खड्काले जानकारी दिएका छन् । 

बैठकमा कोशी प्रदेश उपसभापति नबिन चौधरी लगायत नवनिर्वाचित सदस्यहरूको समेत उपस्थिति रहेको थियो । महासंघका कोसी प्रदेश सभापति राजेन्द्र भट्टराइको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेपाल किशान महासंघका केन्द्रीय सदस्य केशव भट्टराई प्रमुख अतिथि रहेका थिए ।