काठमाडौं । सरोज खनाल निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनीक भएको छ ।
करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड छन् । करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा । हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको स्वर र सुरेश वाग्लेको शब्द छ ।
एकल महिलाको संवेदना, छटपटी र खुसीको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ । फिल्ममा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माताको रुपमा छन् ।
नीर शाह, बसुन्धरा भुसाल, सरोज खनाल समेत गीतमा चित्रण छन् । अभिनेताको रुपमा स्थापित सरोजले यही फिल्मबाट निर्देशन थालेका छन् । सुरेश वाग्ले निर्माता रहेको फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छैन ।