मन्दीका कारण बिक्रि घटेपछि खाद्यान्नको भाउ घट्दै

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार ०८:५९ मा प्रकाशित

काठमाडौं। चामलको आयात सहज हुन थालेपछि मूल्य घट्न थालेको छ। खाने तेलपछि चामलको मूल्य घट्दा उपभोक्तालाई केही राहत भएको छ। भारतले निर्यातमा २० प्रतिशत शुल्क लगाएपछि चामलको मूल्य बोरामै ५ सय रुपैयाँभन्दा बढि वृद्धि भएको थियो।


मन्दीसँगै होटल र रेष्टुरेन्टमा समेत मागमा कमी आएकाले मूल्य घट्न थालेको बताइएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार जिरा मसिनो चामल १९ सय रुपैयाँमा आइपुगेको छ । जिरा मसिनो चामल बोरामै २ सय रुपैयाँ घटेको जनाइएको छ । 


व्यवसायीहरुका अनुसार पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य घट्दै गएको छ। चामल, दाल, तेल, गेडागुडी मैदा र आटा लगायतका खाद्यान्नको मूल्य घटेको हो।